×

TUNGOON

कस्तो रहला तपाईको दिन, हेर्नुहोस आजको राशिफल


काठमाडौं । पुस २६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ भने लेनदेनमा सजकता अपनाउनु पर्नेछ र दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला भने वित्तिय संस्थाबाट सहयोग पाईनेछ र मिष्ठान्न भोजन प्राप्ति होला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै शुभ समाचार सुन्न पाइएला भने दाम्पत्य जीवन सुखमय रहनेछ र मान प्रतिष्ठामा बृद्धि होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम वा रोजगार पाईनुका साथै दाम, इनाम र प्रतिष्ठाकमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्नुका साथै वित्तिय संस्थाबाट सहयोग पाईनेछ भने न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कार्यमा सफलता पाईनुका साथै नयाँ व्यक्ति संग भेटघाट हुने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ र शुभकार्यको चर्चा चल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्तसंग भेटघाट हुने योग रहेको छ भने स्वादिष्ट भोजनको अवसर मिल्नेछ भने शुभ कार्यको योजना बन्नेछ र नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कार्यको थालनी हुनुका साथै साथी भाईको भेटघाटले मन प्रफुल्ल रहने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ र भूमिबाट लाभ पनि रहला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफूलाई कमजोर भएको अनुभूति हुनुका साथै अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ भने प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
श्रमको उचित मुल्याङ्कन हुनुका साथै पठनपाठनमा प्रगती हुनेछ भने मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ र कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज वैदेशिक क्षेत्रको काम अघी बढ्नुका साथै लगनशीलताले कामहरू अगाडी बढ्नेछन् भने व्यापार व्यसायबाट लाभ मिल्नेछ र विश्वास गरेकाले साथ दिनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ भने भाग्यले विभिन्न अवसर जुराउनुका साथै घरमा अतिथीको सेवा होला र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला