×

TUNGOON

डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आउनु भएका गायक बद्री केसी मृत अवस्थामा भेटिए



काठमाडौं । पुस २६ गते
करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आउनु भएका गायक बद्री केसी मृत अवस्थामा भेटिनु भएको छ । शुक्रबार उपराह्न ४ बजे सामाजिक सञ्जाल फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेख्नु भएका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिनु भएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनु भएको छ । पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत जानु भएको थियो ।

केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किनु भएका केसी पुनः बेलायतमा नै फर्किनु भएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनु भएका केसी लण्डनको चिरपरिचित गायक पनि हुनुहुन्थ्यो । फेसबुकमा ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित उनी आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

उहाँको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए । केसीको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको र प्रहरीले शुक्रबार अबेरसम्म खोज्दापनि नभेटिएका उनको शव शनिबार मात्रै फेला परेको थियो।आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको खुलेको छ । केसी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नु हुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनु भएको थियो । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला