Spread the love
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares


काठमाडौं । पुस २६ गते

शनिबार राजधानी जकार्ताबाट अवतरण गरेको केही समयमै बेपत्ता बोइङ ७३७ यात्रुबाहक विमानको दुर्घटनास्थल पत्ता लागेको इन्डोनेसियन जल सेनाले जानकार िदिएका छन् उक्त श्रीविजया विमानले ६२ जना मानिस सवार थिए र पश्चिमी प्रान्तका लागि उडेको चार मिनेटमै विमान रेडरबाट हराएको थियो । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो ।

अहिले दुर्घटना भएको सम्भावित क्षेत्रमा १० वटा जहाज र नेभीका गोताखोरहरु परिचालित गरिएका छन् । रात परेका कारण उद्धार र खोजी कार्य स्थगित गरिए पनि आइतबार बिहानबाट पुनः त्यसलाई सुचारु गरिएको छ । इन्डोनेशियाको राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार विमानले उडानपछि कुनै पनि शंकास्पद सन्देश पठाएको थिएन जुन एक मिनेटमै ३ हजार मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ । केही स्थानीयहरुले विस्फोटको आवाज सुनेको बताएका हुनाले पनि विमान दुर्घटना भएको स्थल त्यहीँ वरपर रहेको शंका गरिएको छ ।