×

TUNGOON

सर्वोच्च अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्ने –कमल थापा



काठमाडौं । पुस २६ गते
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बतायनु भएको छ सर्वोच्चको फैसला नआउदासम्म कसैले पनि नैतिक दबाब दिन नहुने अध्यक्ष थापा भनाइ रहेको छ । आज पोखरामा पत्रकारसँग भेटघाट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी वैशाखमा चुनाव हुन सक्ने सम्भावना पनि औंल्याउनु भएको छ ।

उहाँले राजतन्त्रसहितको लोकतन्त्र आफ्नो सैद्धान्तिक मान्यता रहेको भन्दै जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी समेत गर्नु भएको छ । अध्यक्ष थापाले १४ वर्षअगाडि रोपेको गणतन्त्रको बीउ अहिले आएर कसरी उखेलिँदै गएकाले ओली सरकार असफल भएको उल्लेख गर्नु भएको छ । उहाँले यस्तो असफल सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जान आवश्यक रहेको र नेकपाका कारण आज संविधानमाथि नै प्रश्न उठेको आरोप लगाउनु भएको छ । अध्यक्ष थापाले ओली नेतृत्वको सरकार संविधानको मान्यताअनुसार नचलेको आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला