×

TUNGOON

कस्तो रहला तपाईको दिन ?हेर्नुहोस् आजको राशिफल



काठमाडौं पुस २७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनुका साथै अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ भने घरायसी विवादपनि बढ्नेछ र चोटपटक पनि लाग्न सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनुका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र धार्मिक यात्राको योग रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नुका साथै मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ भने वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ र वस्त्र लाभ पनि हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्नेछ भने महिला वर्गबाट विशेष सहयोग मिल्नुका साथै आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ भने न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै वैदेशिक क्षेत्रबाट सफलता र भौतिक साधन जुटाउने समय छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते्््
आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ भने राज्यबाट मान सम्मान मिल्नुका साथै धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ र वाहान सुख पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन रहेको छ भने प्रणयसम्बन्ध र रतिराग बढाउने योग रहेको छ र लाभदायक यात्रा पनि हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने योग रहेको छ भने समय प्रतिकुल भई कुलतमा मन जानसक्छ भने झैँ–झमेलाको अवस्था पनि आउने समय रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने विद्या र बुद्धिको विकास हुनुका साथै सजिलै अरुको बिश्वास जित्न सकिनेछ भने आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शुभकार्यको चर्चा चल्नेछ भने सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनुका साथै प्रेम र मित्रताको बन्धन कसिने बेला छ भने मुद्धा मामिलामा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ भने भाग्यले विभिन्न अवसर जुराउनुका साथै आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ र विशेष यात्रा हुनसक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला