Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं पुस २७ गते
भारतमा एकै दिन १६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १६ हजार ८५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ६७ हजार ४३१ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा १ सय ५० जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५१ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख २४ हजार १०३ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड १३ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख १३ हजार ४५३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ८३ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७९२ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १९ लाख ४३ हजार ९९ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।