Spread the love
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं पुस २७ गते

टाउको दुखाईको विभिन्न प्रकारमध्ये माइग्रेन पनि एउटा प्रकार हो । पटक पटक टाउको दुख्ने केही घण्टासम्म टाउको दुख्ने,टाउको भारी हुने,टाउको टनटन हुने गरी दुख्नेअत्याधिक टाउको दुखाईका कारण चक्कर लाग्ने तथा वान्ता हुने, भोक नलाग्ने, कमजोरी महसुस हुनु, यसका लक्षणहरु हुन । नेपालमा सात वर्षको बालबालिकादेखि साठी वर्षका वृद्धवृद्धामा समेत माइग्रेनको समस्या रहेको पाइन्छ भने १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्ने गर्छ । त्यसैले पनि माइग्रेन भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श गर्नु पर्छ । र, ब्रेन स्क्रिनिङ्ग गराउनु पर्छ ।

यो समस्या एकपटक भएमा जीवनभर रहिरहने हुदाँ यसलाई समयमै सावधानी अपनाउन जरुरी छ । अन्यथा, यो धेरै पिडादायक हुनसक्छ ।सामान्यतथा, माइग्रेनको दुखाई एकपटक सुरु भएपछि न्युनतम चार देखि ७२ घण्टा सम्म रहिरहन सक्छ ।माइग्रेन भएमा बत्तीको प्रकार, चहकिलो बत्तीका कारण पनि टाउकोमा असहय पिडा भएमा तथा हात खुट्टा झमझमाउने, वान्ता हुने, आवाज प्रति टाउको संवेदनशील हुने गर्छ ।विश्वको तेश्रो ठूलो समस्याको रुपमा रहेको माइग्रेको समस्या नेपालीहरु माझ आम समस्या हो ।

कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ किनभने महिलाको हर्मोनको गडबडी, गर्भनिरोधक चक्कीको सेवन लगायतका कारण पनि यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । माइग्रेनको समस्या भएमा यसले दैनिकीलाई समेत प्रभाव पर्ने हुँदा यसबारे सचेत रहन आवश्यक छ । माईग्रेनबाट बच्चने घरेलु उपायहरु पनि रहेका छन् जुन यसप्रकार छन्

१.घरमा बनाएको शुद्ध घ्युलाई हल्का तताएर २, ३ थोपा नाखमा हाल्ने, बिहान खाली पेटमा एउटा स्याउ सेवन गर्ने, ल्वाङ्को धुलोलाई नुनमा मिसायर हल्का मनतातो पानीमा राखेर पिउने, पालक र गाजरको जुस बनाएर १ गिलास सधै खाने, एक चम्मम अनुवालाई महमा मिसाएर खाने, गर्नाले माईग्रेनबाट छुटकारा पाउन सकिन्छ ।

२. तुलसीको तेल प्रयोग गर्नाले माइग्रेनबाट छुटकारा पाउन सकिन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ । त्यस्तै केरामा प्रशस्त पोटासियम हुने भएकाले यसको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नुभयो भने पनि माइग्रेनबाट मुक्ति पाउन सकिन्छ यसरी बोक्रा बाँध्दा निधारले पोटासियम सोसेर आराम दिन्छ ।

३. आलसको सेवन गर्नाले माइग्रेनबाट मुक्ति पाउन सकिन्छ यसमा बकह्वीटमा रुटिन नामक तत्त्व हुन्छ जसले माइग्रेन घटाउन मद्दत गर्छ । त्यस्तै (माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।

४. एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ । माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ । माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।

५. बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रक्रियाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ । माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।