×

TUNGOON

पाँचथरको कुम्मायक गाउँपालिकामा भिष्ण आगलागी, ७० लाख रुपैयाँ बराबरको क्षति


काठमाडौं पुस २७ गते

पाँचथरको कुम्मायक गाउँपालिकामा भिष्ण आगलागी भएको छ । आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएको आगोले दुई वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट तेजबहादुर थापाको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गोठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाकारी दिएको छ । यस्तै आगलागीबाट डिकबहादुर थापाको फुसको छानो भएको तीन तले घर, एक तले गोठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला