×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुलयमा गिरावट, कति पुग्यो तोलाको ?


काठमाडौं पुस २७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मुलयमा गिरावट आएको छ । आइतबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले ओरालो लागेको सुनको मुल्य आज ८ सयले घटेको छ । आज छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मुल्य पनि तोलामा ८ सयले घटेर तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५ सय कायम भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला