Spread the love
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं पुस २८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ भने वित्तिय संस्थाबाट सहयोग पाईनुका साथै नयाँ योजना र आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आर्थिक कारोवारमा मन्दी आउनेछ भने प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनुका साथै कार्यक्षेत्रमा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ र प्रेमीको सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको कामले तीव्रता लिनेछ भने कार्यमा सफलता पाईनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र पुनर्मिलनको योग रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ भने समाजसेवामा मन लाग्नेछ र वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कार्यको योजना बन्नेछ भने नजिकको व्यक्तिबाट सहयोग पाइनुका साथै सरकारी निकायबाट सहयोग मिल्नेछ र सफल यात्रा पनि हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेनुका साथै मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पारिवारिक सद्भाव बढ्नेछ भने आँटेको र ताकेको कार्य पुरा हुनेछन् र प्रतिष्ठा कमाउनुका साथै शुभकार्यको चर्चा पनि चल्ने योग रहेको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् भने परिवारमा सुख सन्तोष छाउला र नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सौन्दर्यतामा धन खर्च हुनेछ भने साना–तिना समस्यामा अल्झिनुपर्नेछ र परिवारीक समस्याले सताउनेछ भने अनावश्यक धन खर्च हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विशिष्ट व्यक्तिको सहयोग पाईनुका साथै शुभकार्यको चर्चा चल्नेछ भने विद्या र बुद्धिके विकास हुनेछ र कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ भने आफन्तको प्रगतिले मन रमाउनेछ र नसोचेको ठाउँबाट धनागम हुनेछ ।