×

TUNGOON

प्रधानमन्त्री ओलीलाई राजा महेन्द्र बनाउने प्रयास भएको पूर्व प्रधानमन्त्री डा. भट्टराईको कथन


काठमाडौं पुस २८ गते

प्रधानमन्त्री ओलीलाई राजा महेन्द्र बनाउने प्रयास भएको पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाउनु भएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले आज बिहान समाजिक सञ्जाल ट्विटर मार्फत आफ्ना भनाइ राख्दै प्रधानमन्त्री ओलीलाई २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी देखाउने चालबाजी मात्रै भएको बताउँनु भएको छ ।

उहाँले प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री–बाहिरी शक्तिहरूबाट गुथाइने धारणा व्यक्त गर्नु भएको छ । नेपाली जनता र देशलाई निरङ्कुशता, अल्प विकास, परनिर्भरतामा अल्झाइ राख्ने चालबाजी मात्रै भएको पूर्व प्रधानमन्त्री भट्टराईको दावी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला