Spread the love
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares


काठमाडौं पुस २८ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने विषयमा तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव दर्ता गरिएको छ । डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएको छ ।डेमोक्र्याटहरूले अमेरिकी संसदमा राखेको प्रस्तावमा राष्ट्रपति ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा आजदेखि मतदान हुनेछ ।डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन् । ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसदमा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ ।