×

TUNGOON

कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता भित्रै प्रकाशन गर्ने–अध्यक्ष डा.चन्द्रमणि पौडेल



काठमाडौं पुस २८ गते
कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै ने रहेको छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् ।

यसैबीच कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरिरहेको जानकारी दिएको छ । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो भने पुस १६ गते देखि केही कारणबस परीक्षामा सामेल हुन नसेकेका विद्यार्थीहरुका लागि पुन परीक्षा सञ्चालन गरिएकाले को थियो ।

त्यसैले पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला