Spread the love
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares


काठमाडौं पुस २८ गते
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले उकालो लागेको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो ।

आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।