Spread the love
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । पुस २९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको गोग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ र ज्ञानमा वृद्धि हुनेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ने छ भने लगानी गर्नु उपलब्धीमूलक नहोला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भने गरेका कामबाट राम्रै लाभ हुनेछ र धर्म,कर्ममा मन लाग्नुका साथै प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नुका साथै जोश जाँगर र हिम्मत वढ्नेछ भने बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ र ताकेको कार्य पुरा होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज वैदेशिक कार्य अघी बढ्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुन सक्छन् र जोश,जाँगर र उमङ्ग बढ्छनुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्नेछ भने श्रमको उचित मुल्याङ्कन हुनेछ र मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आजको दिन भाग्यशाली भएर देखा पर्नेछ र वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कामको थालनी हुनुका साथै राजनैतिक कार्यमा सफलता मिल्नेछ भने जोश जाँगर र हिम्मत बढ्नेछ र बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नुका साथै नयाँ कामको थालनी होला भने मान प्रतिष्ठामा बृद्धि होला र आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने निर्णय कार्यान्वयन हुन सक्दैनन् र मनमा दुविधा उत्पन्न हुनेछ भने मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै नयाँ कार्यको योजना बन्ने गोग रहेको छ भने प्रेमीको सहयोग पाईनेछ र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आँटेको कार्य पुरा हुने र नयाँ काममा हात हाल्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव पाईनेछ र शुभकार्यको चर्चा पनि चल्नेछ ।