Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares


काठमाडौ. । पुस २९ गते
भारतमा एकै दिन १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १५ हजार ९०३ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा २ सय जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५१ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख १५ हजार ७९०५ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख २२ हजार १२१ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ८९ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार २५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ २० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १९ लाख ७० हजार ३० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।