Spread the love
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares


काठमाडौं । माघ १ गते

नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नु भएको छ। त्यस्तै राष्ट्रपति भण्डारीले यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि गर्नु भएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले माघी पर्वको शुभकामना दिँदै कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनु भएको छ ।

माघे संक्रान्तिदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई—मकरसंक्रान्ति पनि भनिन्छ ।माघे संक्रान्ति पर्वलाई नेपालका विभिन्न समुदायले आ–आफ्नोभाषा, संस्कृति र परम्परा अनुसार फरक–फरक नामका साथ भिन्दा भिन्दै शैलीमा हर्षोल्लास पूर्वक मनाउने गर्दछन्।यस पर्वमा विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ–आफ्नो समुदायको संस्कृति अनुसार तरुल, सेलरोटी, घिउ–सख्खर,तिलकोलड्डु, खिचडी, ढिक्रीजस्ता परिकार खाने प्रचलन रहि आएकोछ ।थारु समुदायमा माघीलाई विशेष पर्व र नयाँ वर्षकोरूपमा मनाइनुका साथै यसदिनलाई घर सल्लाह गर्ने, लेनदेनको नवीकरण गर्ने र आफ्ना ेसमुदायको अगुवाचुन्नेदिनकोरूपमा समेत लिइन्छ ।