Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । माघ १ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य ८ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ।