×

TUNGOON

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं । माघ २ गते
आज देशका धेरै स्थानको मौसममा बद्ली भएको छ । हाल काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ भने मौसम बदली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम आज घटेर ५.५ डिग्री सेल्सियसमा झरेको छ ।

यसैगरी आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागहरुमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । गण्डकी प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला