×

TUNGOON

विश्वभर क्कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो, अमेरिकामा एकै दिन ४ हजार भन्दा बढीको मृत्यु


काठमाडौं । माघ २ गते
भारतमा एकै दिन १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १५ हजार ६७७ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५ लाख २८ हजार ५०८ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा १८९ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५१ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार ४७२ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघेको छ भने गएको २४ घण्टामा २ लाख ३० हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ३ लाख ९७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ ३५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २० लाख २ हजार ४०७ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला