×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अरुलाई प्रभावित पारेर काम बन्नुका साथै कार्य सम्पादनमा सहजता मिल्नेछ भने मनमिल्ने प्यारोसाथी संग भेट हुने योग रहेको छ भने नयाँ काम सुरु गर्ने मौका छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज महत्त्वपूर्ण अवसर गुम्न सक्ने छ भने सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योगछ र आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज चिताएको कामले तीव्रता लिनुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ भने कार्य सम्पादनमा सहजता मिल्नेछ र जोश जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ भने शुभकार्यको चर्चा चल्नेछ र मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभ समाचार सुन्न पाइनुका साथै प्यारोसाथी संग भेट हुनेछ भने नयाँ कार्यको थालनी होला र राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको थालनी हुनेछ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र महिला वा मित्रबाट सहयोग मिल्नुका साथै वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मित्रबाट सहयोग मिल्नेछ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ र विशिष्ट व्यक्तिको सहयोग पाईनेछ भने शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् भने पठनपाठनमा प्रगति हुनेछ र नजिकको मित्रसँग भेटघाट हुनुका साथै दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रतिष्ठित काम सुरु गर्ने मौका छ र पराक्रम र उत्साह बढ्नेछ भने उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ र प्रतिस्पर्धी परास्त होलान् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अरुको भर पर्दा धोका पाइनुका साथै राजनैतिक कार्यमा बाधा आउनेछन् भने साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ र धनमाल राउन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आकस्मिक धन लाभ हुनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भने मान प्रतिष्ठामा बृद्धि होला र मनोरञ्जनमा सहभागीता भइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आँटेको र ताकेकोकार्य पुरा होलान् भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै साहित्यिक क्षेत्रमा रुची बढ्नेछर प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला