×

TUNGOON

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुँदै


काठमाडौं । माघ ३ गते
प्रधानमन्त्री कप (पीएम कपं) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले विभागीय टिम एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुँदैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश १ विरुद्ध एपीएफले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । प्रदेश–१ ले टस जितेर बलिङ रोजेपछि एपीएफले ब्याटिङ गर्ने भएको हो ।शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।यता, प्रदेश(१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश( १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ । दाङमा भएको महिलाको पीएम कप प्रदेश(१ ले जितेको थियो ।यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला