×

TUNGOON

प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै –नेपाली कांग्रेस


काठमाडौं । माघ ३ गते
आज नेपाली कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसले देशभर संघीय संसदका निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरिसकेको छ ।आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नै अपिल गर्नु भएको थियो । ।पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ ।यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गर्नु भएको थियो ।

सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध पर्ने उनको आग्रह थियो ।संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनाइको प्रक्रियमा रहेको बेला पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरे । कांग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ ।सभापति देउवाले काठमाडौँ, वरिष्ठ नेता पौडेले चितवन, महामन्त्री डा शशांक कोइरालाले नवलपुर, पूर्वमहामन्त्री प्रकाशमानसिंह काठमाडौँ महानगरपालिका, नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा, डा.मिनेन्द्र रिजाले नेपालगञ्ज, डा. शेखर कोइरालाले मोरङ, नेता प्रदीप पौडेल विराटनगर, प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुर, नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोट, सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटार, नेता धनराज गुरुङ्ग चितवनको खैरेहनी, प्रकाश रसाइली स्नेही हेटौडा, नेता गुरुराज घिमिरे र नैनसिह महरले काभ्रे, नेता वीरबहादुर बलायरले डोटी, र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला