×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनुका साथै पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ भने विश्वास गरेकाले साथ दिनेछन् ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।भने चिताएको कामले तीव्रता लिनुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै आफन्तको सहयोग प्राप्त हुनेछ भने व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा दुविधा उत्पन्न हुनेछ र मानसिक चिन्ता बढ्नेछ भने मालसामान हराउनुका साथै योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
्आज चिताएको कामले तीव्रता लिनुका साथै वित्तिय संस्थाबाट सहयोग पाईने छ भने वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ र शुभ समाचार सुन्नमा आउला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ भने मनमा उत्साहका साथै बोली विक्ने समयछ र लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने योग रहेको छ भने । धर्म,कर्ममा मन लाग्नेछ र शुभ समाचार सुन्न पाइएला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज स्थान परिवर्तनका विशेष योग रहेको छ भने लगानिको वातावरण बन्नेछ र मनोरञ्जनमा सहभागी भइएला र साँझमा पैशा खर्च हुने योगछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ, विद्यामा सफलता पाइएला भने अरुलाई प्रभावित पारेर काम बन्न्ुका साथै वाहान सुख पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज स्वादिष्ट भोजन पाईनुका साथै प्रेममा मधुरता छाउनेछ भने वैदेशिक क्षेत्रको काम अघी बढ्ने योग रहेको छ आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग रहेको छ भने साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला र सोचेका काम पूरा हुनेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफूलाई कमजोर भएको अनुभूति हुनेछ भने गरेका कार्यमा ढिलासुस्ती हुनेछ र शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला