×

TUNGOON

भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु, ३ दर्जन भन्दा बढी घाइते



काठमाडौं । माघ ४ गते

भारतको राजस्थानस्थित जालोरमा शनिबार राति ११ बजे गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ भने करिब ३ दर्जन भन्दा बढी घाइते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरु सबै जैन धर्मावलम्बीहरु रहेको र उनीहरू रास्थानको ब्यावर र अजमेर क्षेत्रका हुन् ।

उनीहरु जालोरमा रहेको जैन मन्दिरमा दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्कन क्रममा बाटो भुलेर जालोर जिल्लाको महेशपुरा गाउँ पुगेका थिए ।सडकको धेरै तलबाट लगिएको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनदेखेर सहचालकले त्यसलाई हटाउन खोज्दा बसमा तार सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट सर्ट भएपछि बसमा आगो लाग्न सुरुभयो ।करेन्ट र आगोमा जलेर बसका चालक सहचालकसहित ६ जनाको मृत्यु भएको भारकर डटकमले खबर दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला