×

TUNGOON

संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको– शङ्कर पोखरेल



काठमाडौं । माघ ४ गते

संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको भनाई छ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहनु भएका पोखरेलले विघटनलाई राजनीतिक वैधता दिने प्रयास गर्नु भएको छ ।

आज मुख्यमन्त्री शङ्कर पोखरेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको संसद् विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम नयाँ युगतर्फको यात्रा भएको पनि बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला