×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ भने स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कार्यको प्रारम्भ हुनुका साथै आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ भने मनोरञ्जनमा अभिरुचि जाग्नेछ र स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभ कार्यको योग रहेको छ भने सांगीतिक क्षेत्रमा रुची बढ्नेछ र नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनुका साथै बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दाम्पत्य जीवन सुखमय हुनुका साथै धार्मिक यात्राको योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ रहेको छ र शत्रुहरू पनि पराजित हुनेछन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ भने शुभ–अशुभ दुवै समाचार सुनिएला रमित्र संग मीठो भेट घाट रहनेछ ।
पारिवारीक झमेला आउला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुविचारमा मन जानेछ भने प्रेममा मनमुटावका साथै मन कमजोर रहला र सामान हराउने वा चोरी हुने भयछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ भने आत्मिक सन्तुष्टि मिल्नेछ र विद्यामा सफलता पाइनुका साथै नयाँ कामको थालनी हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ भने व्यापार व्यवसायमा फाईदा होला र अरुलाई प्रभावित पारेर काम बन्नेछ भने वाहान सुख पनि मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नुका साथै क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ भने प्रेमीको सहयोग पाईनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सामाजिक कार्यमा मन जाने भने बन्धु बान्धवबाट सहयोग मिल्नेछ र साहित्यिक क्षेत्रमा रुची बढ्छनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्य प्राप्तिको योग रहेको छ भने धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ र प्रिय व्यक्तिसंग भेट घाट हुनेछ भने लाभदायक यात्रा पनि होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ र आफन्तहरूको फरपूर साथ र सहयोग पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला