×

TUNGOON

मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते



काठमाडौं । माघ ६ गते
आज विहान मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् । डाइनियाबाट मेरिल्याण्ड कलेजका विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस भेडुवाथानमा दुर्घटना भएको हो ।

घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण बाटो राम्ररी देख्न नसकिएको र अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले जानकारी दिएको छ ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला