×

TUNGOON

अमेरिका कोारोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो



काठमाडौ. । माघ ६ गते
भारतमा एकै दिन ९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ९ हजार ९७५ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा १ सय ३७ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५२ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या २ लाख २ हजार २०२ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ४२ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख ८ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ ६० लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २० लाख ४९ हजार ३११ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला