×

TUNGOON

आज सुन र चाँदीको मूल्य उकालो लाग्यो


काठमाडौ. । माघ ६ गते
आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य उकालो लागेको छ । आज छापावाल सुन बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको हो । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला