×

TUNGOON

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको निलम्बन एन्फाद्वारा फुकुवा


काठमाडौं । माघ ६ गते
ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको निलम्बन अखिल नेपाल फुटबल संघ (एन्फा )ले फुकुवा गरेको छ। सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले ललितपुर जिल्ला अध्यक्ष थापालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

गत जेठमा एन्फा विधान विपरितका गतिविधि गरेको भन्दै थापालाई साधारणसम्मका लागि निलम्बन गरिएको थियो।एन्फाको साधारण सभा आज हुँदैछ। थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएपछि निलम्बन गरिएको थियो।सोमबारको कार्यसमिति बैठकले कोषाध्यक्ष रविन्द्र जोशीले आर्थिक वर्ष २०७७(७८ का लागि प्रस्तुत गरेको अनुमानित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रूपैयाँको बजेट तथा वार्षिक कार्यक्रम साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला