×

TUNGOON

नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २८ गतेका लागि तय गरियो



काठमाडौं । माघ ६ गते

नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २८ गतेका लागि तय गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा तर्फ सबैभन्दा ठुलो कम्पनी हो । उक्त कम्पनीले आज एक सुचना प्रकाशित गर्दै यसको विषयमा जानकारी दिएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । माघ २८ गते बिरगञ्ज स्थित होटल भिस्वामा हुने बिहान ९ बजे साधारण सभा हुनेछ । साधारण सभाले कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

यसका अलावा सभाले कम्पनीको प्रतिशेयर मूल्य रू। १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू। ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएकधो छ । कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरेर मुल्य घटाउन लागेको हो । कम्पनीले यस अघि १०० रुपैयाँमा आईपीओ जारी गरेको थियो । त्यो अनुसार कम्पनीको शेयरको फेस भ्यालु प्रतिकित्ता १०० थियो । अब त्यसलाई ५० रुपैयाँ बनाउने कम्पनीको भनाइ छ । यस्तै, कम्पनीको साधारण सभा प्रयोजनको लागि माघ १४ गतेदेखि बुक क्लोज हुनेछ । त्यो अनुसार माघ १३ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा सहभागी जनाउन पाउने छन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला