×

TUNGOON

जन्मदेखिको व्याख्या सुन्न जरुरी नभएको –प्रधानन्यायाधीश जबरा


काठमाडौं । माघ ६ गते

आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता शेरबहादुर ढुंगानालाई जन्मदेखिको व्याख्या सुन्न जरुरी नभएको बताउँनु भएको छ ।

प्रधानन्यायाधीश जबराले े प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अधिवक्ताहरूले विषयकेन्द्रित भन्दा बाहिर गएर बहस गर्न थालेपछि विषयकेन्द्रित बहस गर्न निर्देशन दिनु भएको छ । उहाले राष्ट्रपति प्रधानमन्त्रीबाट पनि गल्ती हुन सक्ने भएकाले यसलाई संवैधानिक कानूनले सच्याउनु पर्ने बताउँनु भएको छ । अधिवक्ता ढुंगानाले जर्मन तानाशाह हिटलरले पनि आफूले बनाएको संविधान मान्ने गरेको तर अहिलेका प्रधानमन्त्रीले नमानेको आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला