×

TUNGOON

भारतमा टिपरले विभिन्न गाडीलाई ठक्कर दिदा १३ जनाको मृत्यु, १८ जनाभन्दा बढी घाईते


काठमाडौं । माघ ७ गते
मंगलबार अबेर राति भारतको पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले विभिन्न गाडीलाई ठक्कर दिदा १३ जनाको मृत्यु भएको हो भने १८ जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला