×

TUNGOON

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामाने अहिले नेपाल पुलिस र सुदूरपश्चिम खेल्दै


काठमाडौं । माघ ७ गते
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् ।जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो ।

त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । उता सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतिसँग नै पराजित भएको थियो ।मन्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिसले पहिलो खेल खेलेको टिमलाई नै निरन्तरता दिएको छ । उता सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । गजेन्द्र बोहरा र भोजराट भट्टको स्थानमा नरेन्द्र साउद र हेमन्त धामीलाई टिममा राखेको छ ।यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीच खेल हुनेछ । जसमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ रोजेको छ । बर्मीले यस अघि लगातार दुई खेल जितेर समूह ए मा ४ अंक जोडेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला