•  
  •  
  •  
  • 0
  •  
  •  

काठमाडौं । माघ ७ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिएको छ । नवनियुक्त जो बाइडेनले आज शपथग्रहण गर्दै हुनुहुन्छ । आज अमेरिकामा २० जनवारीका दिन निर्वाचित राष्ट्रपतिको शपथग्रहण लिने पराम्परा रहेको छ । यसदिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथग्रहण गर्नेछन् । डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेनले आज राति १० बजेर ४५ मिनेटमा ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिनेछन् ।कारोना महामारीलाई मध्यनजर गर्दै ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रुपमा गरिने छ ।यस्तै अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायतका ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ ।

शपथ कार्यक्रममा हिसांत्मक कार्य हुनसक्ने आशंका रहेका कारण सुरक्षा व्यवस्था कडा गरिएको अमेरिकी एजेन्सीले जनाएको छ ।यस्तै शपथ कार्यक्रम डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । राष्ट्रपतिको शपथग्रहणमा भाग नलिने अमेरिकामा अहिलेसम्म तीनजना रहेका छन् ।बाइडेनको शपथमा पूर्वराष्ट्रिपति जर्ज डब्लु बुस र उनी पत्नी लौरा बुस, बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा र विल क्लिन्टन र उनी पत्नी हिलारी क्लिन्टन उपस्थित हुनेछन् । आज बाइडेनलाई चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा राष्ट्रपतिको शपथग्रहण दिलाउने छन् ।उक्त शपथग्रहणमा बाइडेनले शपथ लिइसकेपछि भाषण गर्नेछन् र मातदातालाई धन्यवाद पनि व्यक्त गर्नेछन् ।शपथअघि गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् र जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन् ।