•  
  •  
  •  
  • 0
  •  
  •  

काठमाडौं । माघ ७ गते
दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावनासहित आज देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु् र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ । पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । आज दिउँसो पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।