•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ ७ गते
संयुक्त संघर्षका निम्ति ढिला नगर्न आग्रह गर्दै ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान भएको समाजबादी दलका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले सौताका रिसले पोइका काखमा मुत भने झैं नगर्न आग्रह गर्नु भएको छ । गत महिना पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि कडा टिप्पणी गर्दै उहाँको कदमको घोर भत्र्सना गर्दै आउनु भएको छ । इतिहासमै नालायक प्रधानमन्त्री ओली भएको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठेको टिप्पणी गर्दै डा.भट्टराइले ओली जस्तै अरू नेताका निम्ति संघर्ष किन गर्ने भन्दै प्रश्न समेत गर्नु भएको छ । उहाँले संविधान बचे कमी कमजोरी सुधारेर खराब नेता बदल्न सकिने भन्दै सबै दल,नागरिक समाजको संयुक्त संघर्ष निम्ति ढिलो नगर्न अपिल गर्नु भएको छ ।