•  
  •  
  •  
  • 0
  •  
  •  

काठमाडौं । माघ ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।आज छापावाल सुनको मुल्य तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।