•  
  •  
  •  
  •  
  •  
  •  

बिश्वजीत देउजा
काठमाडौं । माघ ८ गते
केही गुन्डाहरुका कारणले अब देशमा संकटकाल लाग्ने लगभग निस्चित जस्तै बनेको छ ।०६२र६३ को जनआन्दोलन नामक एक हिंसा बाट उदाएका केही गुण्डाहरुले आज सम्म कति मान्छे मारे एकिन छैन , कतिको घरबार उजाडे एकिन छैन, कतिलाई बेसाहार बनाए त्यसको तथ्यांक छैन, कति अझै अपाङ्ग छन त्यो गन्न लगभग एक महिना लाग्ला हैन ररुखै यिनिहरुको व्यवस्थापन ? देशमा आमूल परिवर्तन ल्याउन लडेका सच्चा लडाकुहरु अझै पनि गरिबी, विभेद,उत्पिडन र तल्लो स्तरको राजनैतिक दलदलमा फस्न बाध्य छन । उनिहरुले लडेर ल्याएको प्रणाली वा भनौँ कथित युगान्तकारी परिवर्तन गर्छु भनेका नेताहरुले अबको आन्दोलनमा के साच्चै ती वास्तविक लडाकुका मुहारमा हाँसो फर्काउन सक्ने सम्भावना राख्छ त ? प्रश्न चिन्ह खडा छ ??? यदि सक्छन भने पहिल्यै किन गरेनन् ? यो पटक यिनको आन्दोलनमा विश्वास गर्ने आधार के?

०६२र६३ र त्यो भन्दा १० वर्ष अगाडि त वास्तवमै जनतामा एउटा क्रान्तिको लहर थियो । एउटा आत्मविश्वास र आत्मजागरणको भावना थियो तर अझै पनि जसलाई हामिले देश परिवर्तनका लागि लगभग १४ वर्ष सत्तामा राखी सक्यौं अझै पनि तिनले टाउको चिलायो अब आन्दोलनमा जाऔँ भन्दा पछि पछि लाग्नेलाई विध्वान भन्ने वा महामूर्ख ? जसले इतिहासलाई पल्टाएर हेर्ने कोशिश समेत गरेन । के अझै हामी जनताले तिम्लाई सत्तामा पुर्याउन युद्ध गर्नु पर्ने हो ?यदि हो भन्छौ भने हामी तयार छौँ । तिमी आजिवन सत्तामा बस त्यसमा हामीलाई कुनै समस्या हुने छैन तर सत्तामा रहनको लागि एक पटक मान्छे हुने कोशिश गर तिमी । तिमी कुनै युद्धमा मर्दैनौ त्यो हामी राम्रो सँग जान्दछौँ तर एउटा कुरा हेक्का राखेस जनताको रगतमा होलि खेलेर अझै तिमिलाई सत्तामा पुर्याउन किमार्थ उचित हुन्न । एक पटक पार्टिका झोला बोकि हिडेका गन्तव्यबिहिन झोलेहरुले सोच्ने पो हो कि ? या अझै अझै हाम्रो टाउको फोडेर तिनै गुन्डालाई सत्तामा पुर्याएर देशलाई अझै ५० वर्ष पछाडी धकेल्ने हो ? यसै पनि ०६२र६३ को आन्दोलनले देशलाई ५० वर्ष पछाडी धकेली सकेको छ ।