• 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । माघ ८ गते

मेष
चे, चो, ला, लि, लु, ले, लो, अ
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै छोटो दुरीको लाभदायक यात्रा हुनेछ भने मित्र वा आफन्तको सहयोग मिल्नेछ र तिर्थाटनको योग पनि छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज गरेका कार्यमा ढिलासुस्ती हुनुका साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्नेछ र शत्रुमाथि विजय प्राप्त हुनका साथै कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ भने सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ भने नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ र महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफन्तको प्रगतिमा मन रमाउनेछ भने विचार, विद्या र बुद्धिको विकास हुनुका साथै व्यावसायिक काममा राम्रै फड्कोमार्न सकिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज दबाब र तनाव बढेको महसुस हुनेछ र प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ भने मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने बौद्धिकताको विकास हुनुका साथै राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज महिलावर्गबाट विशेष सहयोग मिल्नुका साथै नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ भने आर्थिक कारोवारमा सफलता पाईएला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ भने कूटनीतिक नियोगको सहयोग मिल्ला र पुनर्मिलनको योग पनि रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ भने साँझपख शुभ समाचार आउन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कला र गलाको प्रभाव बढ्नुका साथै सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने भाग्यले विभिन्न अवसर जुराउनुका साथै धर्म र कर्ममा मन पनि लाग्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै लगनशीलताले कामहरु अगाडी बढ्नेछन भने मान प्रतिष्ठामा बृद्धि होला र विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।