•  
  •  
  •  
  • 0
  •  
  •  


काठमाडौं । माघ ८ गते
हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ ।तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।