×

TUNGOON

प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहद्वारा शक्ति प्रदर्शन गरिदै


काठमाडौं । माघ ९ गते
प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गर्न लागिएको हो ।

विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्नु हुनेछ । केन्द्रीय सङ्घर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला