•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ. । माघ ९ गते
आज नेपाली बजारमा सुनको मुल्यमा २ सय रुपैंयाले गिरावट आएको छ । छापावाला सुनको मुल्य २ सयले ओरालो लागेर प्रतितोला ९२ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बिहिबार प्रतितोला ९३ हजार १ सय रुपैंयामा कारोबार भएको थियो । तेजावी सुनको मुल्य भने आज ९२ हजार ४ सय रुपैंया कायम भएको छ ।यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।