×

TUNGOON

प्रचण्ड–माधव नेपाल समूहको शक्ति प्रर्दशनमा कारण उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम, सडक अस्तव्यस्त



काठमाडौ. । माघ ९ गते
आज काठमाण्डुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले शक्ति प्रर्दशन गर्दैछ । काठमाडौं विभिन्न स्थानबाट हुने प्रर्दशन व्यवस्थित बनाउन पार्टीले निर्देशिका नै बनाएको छ । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले गरेको शक्ति प्रदर्शनले गर्दा उपत्यकामा भएको सवारी व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा उत्रिएका छन् ।

प्रर्दशनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको हो । विरोध जुलुसका कारणले उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम भएको छ । बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रहरुका आन्दोलनकारीहरूको भिड भएकाले कारणले त्यो क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ ।

लगातारको आन्दोलन र जुलुसका कारणले गर्दा उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।जलुसको नेतृत्व गर्ने पार्टी नेताहरु र स्वयमसेवकबीच समन्वय हुनुपर्ने बताइएको छ । जुलुसमा निर्धारित नाराहरु मात्र लगाउन पाइने बताइएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेर मध्यावधी निर्वाचनमा जाने घोषणापछि नेकपाको अर्को समूह निरन्तर सडक आन्दोलनमा छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला