•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ १० गते
शुक्रबार राति नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको हो ।