•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ १० गते
मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको नेपाली काँग्रेसका महामन्त्री डा .शशाङ्क कोइरालाले बताउनु भएको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको डा .शशाङ्क कोइरालाको भनाई छ ।

उहाँले काँग्रेसको पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने रहेको जानकारी गराउँनु भएको छ । त्यस्तै पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उहाँले बताउनु भयो । उहाँले जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन नसकेको र ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि रहेको बताउँनु भएको छ । मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा .कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।