•  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौ. । माघ ११ गते
भारतमा एकै दिन १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १४ हजार ८९१ जना नयाँ संक्रमित थपिएका हुन ।नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ६ लाख ५५ हजार ४३५ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा १ सय ५५ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या १ लाख ८५ हजार ९६३ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ५५ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ७२ हजार ९१३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख २७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ ९३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २१ लाख ३० हजार ४२० पुगेको वोल्डोमिटर्सले जनाएको छ ।