•  
  •  
  •  
  • 0
  •  
  •  

काठमाडौ. । माघ ११ गते
आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा ३ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो ।

शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ३०० ले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू। ९२ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू। एक हजार २६० मा कारोबार भएको चाँदी आइतवार पनि सेही मूल्यमा खरीदविक्री भइरहेको छ ।