• 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौ. । माघ ११ गते
ं संविधान मासेर गरिने चुनावले दुर्घटना निम्त्याउने पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै त्यसले दुर्घटना निम्त्याउने चेतावनी दिनु भएको छ ।

२०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा ततकालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपी कोइरालाले धोका खाएको भन्दै २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत उहाँल सचेत गराउँनु भएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि जनता समाजवादी पार्टी सडक संघर्षमा उत्रिएको छ भने डा. भट्टराईले प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक पार्टीहरुले संयुक्त संघर्ष गर्न प्रस्ताव गर्दै आउनु भएको छ ।